Comments Add Comment

मेकअप नगरी यसरी चम्किलो बनाउन सकिन्छ अनुहार

बिना मेकअप कसरी सुन्दर देखिने ? कसरी छालालाई मुलायम र चम्किलो बनाउने ? यसका काइदा छन् । यद्यपी केहि सर्त भने पालना गर्नुपर्छ ।

१. दिनमा दुई पटक अनुहार धुने

आफ्नो छालाको हेरचाह गरेर मेकअप बिना सुन्दर देखिन सकिन्छ । जति समय कस्मेटिक उत्पादन खरिद गर्न र लगाउन खर्च गरिन्छ, त्यस समय छालाको हेरचाहमा लगाउनुपर्छ । स्तरिय फेसवास प्रयोग गरेर दिनमा दुई पटक राम्ररी अनुहार सफा गरौं । यसले प्राकृतिक सुन्दरता प्रदान गर्छ ।

–    अनुहार दिनमा दुई पटकभन्दा धेरै धुनु त्यती लाभदायक छैन । किनभने त्यसरी पटक-पटक अनुहार सफा गर्दा छाला रुखो र संवेदनसिल हुन्छ ।

२. मृत छाला निकाल्नुहोस्

अनुहारको मृत कोशिका निकाल्नुहोस् । यो विधी हप्तामा एक पटक मात्र अपनाउनुपर्छ । अनुहार रगड्नाले मृत कोशिका निस्कन्छ र ताजगी आउँछ । यस्तो फेसवास छनौट गर्नुहोस्, जसमा छालाको मृत कोशिका हटाउने तत्व हुन्छ ।

–    अनुहारलाई स्क्रबरले दह्रोगरी रगड्नु हुँदैन तथा यसको धेरै प्रयोग नगरौ ।

३. अनुहारमा पटक-पटक छोइरहनु हुन्न

धेरैको बानी हुन्छ, हातले अनुहार छोइरहने । यसले छालाको गुणवत्तामा धेरै असर गर्छ । हातको माध्यामबाट अनुहारमा ब्याक्टेरिया फैलन्छ ।

– अनुहारमा हात लाने, घाउ कोट्याउने जस्ता बानीमा नियन्त्रण गरौ ।

४. हरेक रात मोश्चराइजर लगाउने

जब अनुहार धोइन्छ, त्यसपछि फेशियल मोश्चराइजर लगाउनुपर्छ । त्यसका लागि गुणस्तरिय मोश्चराइजर प्रयोग गरौं । राती प्रयोग गर्नका लागि धेरै पोषक मोश्चराइजर उपयुक्त हुन्छ ।

–    जहिलेपनि आफ्नो छालाको प्रकृति अनुसारमोश्चराइजर छनौट गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment