+
+

दैलेख महोत्सवमा फोटो प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १०:५७

२२ फागुन, दैलेख । दैलेखमा क्रियाशील चारवटा सञ्चार माध्यमले आयोजना गरेको दैलेख पर्यटन महोत्सवमा दैलेखका पर्यटकीय स्थलको तस्विर प्रदर्शनी गरिएको छ । फोटो पत्रकार एव समृद्ध मध्यपश्चिमका अभियन्ता भरतबन्धु थापाले कैद गरेका दैलेखका पर्यटकीय क्षेत्रका २५ वटा तस्विर प्रदर्शनी गरेको हो ।

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको जिल्ला भएर पनि पर्यटकको रोजाईमा पर्न नसकेको पर्यटकीय स्थलहरुका प्रचार प्रसार गर्ते उद्देश्यले महोत्सव आयोजना गरेको आयोजक समितिका सयोजक विष्णु शर्माले बताए ।

महोत्सवमा राखिएका फोटो प्रदर्शनीमा बाईसे चौबिसे राज्य अन्तर्गततको शितकालीन राज्य दुल्लमा रहेका ऐतिहासिक मठ, मन्दिर, पाटी पौवा, दरबार तथा दैलेखको पन्चकोशी, नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, दैलेखमा मनाइने सँस्कृतिक पर्वका तस्वीरहरु छन् ।

फागुन १२ गतेबाट सुरु भएको दैलेख महोत्सव आइतबार सकिँदै छ ।

दैलेख जन्मथलो भएका पत्रकार भरतबन्धु थापाले मध्यपश्चिमका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले यसअघि मध्यपश्चिमका पन्धै जिल्लाका पर्यटकीय स्थलका तस्वीरहरुको प्रदर्शनी सुर्खेत, बाँके तथा काठमाडौंमा प्रदर्शनी गरिसकेका छन् । ।

थापाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन म्याप हाउसको प्रकाशनमा ‘वाईल्ड वेष्ट नेपाल’ भन्ने फोटो किताव प्रकाशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?