Comments Add Comment

दीपक क्षेत्रीको उपचारका लागि केकी र नाजिरको सहयोग

काठमाडौं । स्वर गुमाएका कलाकार दिपक क्षेत्रीको उपचारका लागि केकी अधिकारी र नाजिर हुसेनले २५/२५ हजार रुपैंया आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै छायाँकार पुरुसोत्तम प्रधान १० हजार, मेकअप आर्टिष्ट सरल बुढाथोकी ५ हजार यम थापा निर्देशक १० हजार, हरि थापा भान्सेले ५ हजार सहयोग गरेका छन् ।

क्षेत्रीको उपचारकै लागि भन्दै राज्जा रानी निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेका छन् । स्वर नलीमा मासु पलाएपछि क्षेत्रीको स्वर गुमेको छ भने उनको उपचारमा पाँच लाख खर्च हुने भएको छ ।

जीबन्त अभिनय गर्ने कलाकारको स्वर गुमेकाले उपचारमा सहयोग गरेको केकीले बताइन् । त्यसो त सामाजिक संस्था ‘वी फर अल’ मा आबद्ध केकीले २१ जना माझी वालवालिकालाई पढाउनमा सहयोग गर्दै आएकी छिन् ।

सामाजिक काममा सक्रिय भए पनि प्रचार नगर्ने गरेको उनको भनाई थियो ‘मैले समाजका विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने गरेकी छु तर, मैले यसो गरेँ भनेर प्रचार गर्ने गरेको छैन’ केकीले भनिन् ।

०७२ सालमा भूकम्प जाँदा पनि केकी भूकम्प गएकै दिन भूकम्प पीडितलाई सहयोग गर्न टिचिङ हस्पिटल पुगेकी थिईन् । त्यसपछि पनि केही हप्ता उनी भूकम्प पीडितकै सहयोगमा जुटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment