Comments Add Comment

बिराटचोक र इटहरीमा केपी ओली नबोल्ने

२२ फागुन, मोरङ । नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा अध्यक्ष केपी ओलीले मोरङको बिराटचोक र इटहरीमा सम्बोधन नगर्ने भएका छन् ।

विभिन्न सभामा फरक-फरक नेताहरुलाई मन्तव्यको जिम्मेवारी दिइएकाले बिराटचोक र इटहरीका जनताले ओलीको भाषण सुन्न नपाउने भएका हुन् ।

शनिबार काँकडभिट्टामा आयोजित अभियान उदघाटन कार्यक्रममा अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलले भाषण गरेका थिए ।

बिर्तामोडमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एक नम्बर प्रदेश इञ्चार्ज शेरधन राईले बोलेका थिए ।

त्यस्तै दमक नगरपालिकामा आयोजना गरिएको अर्को जनसभामा केपी ओली र सुभासचन्द्र नेम्वाङले बोलेका थिए ।

झापाको बिर्तामोड र दमकमा जनजातिहरुको बाहुल्य भएका कारण राई र नेम्वाङलाई समेत बोल्न दिइएको एमालेले जनाएको छ ।

मोरङको बिराटचोकमा भाषण गर्ने जिम्मा वामदेव गौतम, भीम रावल र लालबाबु पण्डितले पाएका छन् । पूर्वमन्त्री पण्डित मोरङ जिल्लाबासीसमेत हुन् ।

त्यसैगरी आइतबार साँझ इटहरीमा हुने सभालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताले सम्वोधन गर्ने कार्यक्रम छ ।

आइतबार जनसभा सकेर एमालेका शीर्ष नेताहरु इटहरीमै बास बस्नेछन् । सोमबार बिहान सुनसरीको सदरमुकाम इनरुवामा जनसभा सम्पन्न गरेपछि एमाले नेताहरु सप्तरी पस्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment