+
+

‘एन्जल्स र जेम्स’सँग प्रियंकाको सामिप्यता(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १४:३७


नायिका प्रियंका कार्की सामाजिक संजालमा निकै सक्रिय छिन् । फेसबुक, ट्विटर र इन्स्ट्राग्राममा प्रियंकाको सक्रियता खुबै देखिन्छ । उनै, प्रियंका पछिल्लो समय इन्स्ट्राग्राममा खुबै सक्रिय भएको पाइन्छ । आफ्ना फ्यानसँग पनि उनी निकट छिन् । उनै, प्रियंकाले इन्स्ट्राग्राममा १ लाख फ्यान पुगेपछि ६ जना यूवती फ्यानलाई फलोब्याक गरिन् । उनले ती सबैलाई ‘एन्जल्स’ नाम दिइन् । यसपछि, २ लाख फलोअर्स पुगेपछि उनले ९ जना यूवती फ्यानलाई फलोब्याक गरिन् ।

आफ्नो इन्स्ट्राग्राममा ३ लाख फलोअर्स पुगेपछि उनले केटाहरुलाई फलोब्याक गरिन् । उनीहरुलाई उनले ‘जेम्स’ उपनाम दिइन् । उनले ७ जना केटा फ्यानलाई फलोब्याक गरेकी छिन् ।

उनको इन्स्ट्राग्राममा अहिले २५ ‘एन्जल्स’ र ७ ‘जेम्स’ छन् । प्रियंकाका अनुसार, उनीहरु उनलाई सधै नै साथ दिन्छन् । उनै, २५ ‘एन्जल्स’ र ७ ‘जेम्स’सँग प्रियंकाले शनिबार भेट गरेकी छिन् । उनीहरुकै, योजना अनुसार भेटघाट भएको हो ।

प्रियंकाले भेटमा सबैलाई उनीहरुकै नाम लेखिएको कप र ‘एन्जल्स’हरुलाई पुस्तक मायाको चिनो दिएकी छिन् । ‘एलिस इन वन्डरफूल’ नामक पुस्तक ‘एन्जल्स’हरुलाई दिएको उनको भनाई छ ।


उनका अनुसार, एलिस नामका पात्र बहादुर, बोल्ड, आफ्नो सपना जीउने स्वभावका थिए । उनी, ‘एन्जल्स’हरु पनि ‘एलिस’ जस्तै बनुन् भन्ने चाहना राखेको बताइन् । ‘जेम्स’हरुलाई भने उनले ‘द लिटिल प्रिन्स’ नामक पुस्तक दिइन् । उनको इन्स्ट्राग्राममा रहेका ३२ जना ‘एन्जल्स र जेम्स’ मध्ये १६ जना उनीसँगको भेटमा उपस्थित थिए ।

प्रियंकाले आफ्ना लागि ‘एन्जल्स र जेम्स’ स्पेशल रहेको बताइन् । भेटमा उनीहरुसँगै प्रियंकाले आफ्नो बर्थ डे पनि सेलिव्रेशन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?