Comments Add Comment

स्थानीय विकास मन्त्रालयका कर्मचारीद्वारा मुसहर बस्ती निर्माणमा आर्थिक सहयोग


२२ फागुन, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारीहरुले मुसहर बस्ती निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई १ लाख २ हजार ५ सय १० रुपैयाँ सहयोग गरेका छन् ।

मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले स्वेच्छिक रुपमा रकम संकलन गरी कुञ्जना घिमिरे (सुन्तली) लाई उपलब्ध गराएका हुन् ।

समाजमा धुर्मुस-सुन्तलीले गरेको कामलाई समर्थन जनाउने र अभिप्रेरित गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको अधिकृत सुरज पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

अधिकृतहरु दिपेन्द्र रेग्मी, सुरज पोखरेल र खिलराज राईको पहलमा रकम संकलन अभियान चलाइएको थियो । सहयोगदाता कर्मचारीको तर्फबाट सचिव केदारबहादुर अधिकारीले कुञ्जना घिमिरे (सुन्तली) लाई आइतबार रकम हस्तान्तरण गरे । मन्त्रालयका कर्मचारीहरुले एक हप्ताको अभियान चलाएर रकम संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment