Comments Add Comment

ओप्पोको नयाँ मोबाइल क्यामेरा प्रबिधिलाई एकैसाथ ६ अवार्ड


२२ फागुन, काठमाडौं ।  स्पेनको वार्सिलोनामा हालै सम्पन्न मोबाइल वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी) २०१७ मा अवलोकनकर्ता माझ पहिलो पटक ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधि सार्वजनिक गरिएसँगै यस अत्याधुनिक प्रविधिका बारेमा विश्वभरका मिडिया तथा प्रविधि प्रेमी माझ ब्यापक चर्चा सुरु भएको छ ।

स्मार्टफोन बजारमै पहिलो पटक सार्वजनिक गरिएको यो प्रविधिका लागि ओप्पोलाई बेस्ट अफ एमडब्ल्यूसी, कुलेस्ट अफ एमडब्ल्यूसी, टप ईन्नोभेष्ट -उत्कृष्ट नवप्रबर्तन) लगायत विभिन्न अवार्डबाट सम्मानित गरिएको छ । तीमध्ये केही प्रमुख अवार्डहरु यस्ता छन् ।

२०१७ वायर्ड कुलेस्ट अफ एमडब्ल्यूसी


समग्र संस्कृति, अर्थतन्त्र र राजनीतिमा समेत असर पार्ने अत्याधिक सम्भावना बोकेका प्रविधि केन्दि्रत लेख प्रकाशित गर्ने वायर्ड एक मासिक अमेरिकी म्यागेजिन हो ।

विशेषगरी ‘द लङ्ग टेल’ र ‘क्राउडसोर्सिङ’ जस्ता शब्दको प्रतिपादकका रुपमा यो म्यागेजिन परिचित छ । सोही म्यागेजिनले ओप्पोलाई ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि ‘कुलेस्ट अफ एमडब्ल्यूसी अवार्ड’बाट सम्मानित गरेको हो ।

एण्ड्रोइड अथोरिटी बेष्ट अफ एमडब्ल्यूसी २०१७


एण्ड्रोइड अथोरिटी विश्वमै सर्वाधिक प्रयोग हुने सञ्चालन प्रणाली अर्थात् अपरेटिङ सिष्टमका लागि समर्पित प्रकाशन गृह हो । एण्ड्रोइड अथोरिटीको मासिक ग्राहक सङ्ख्या करिव ५ करोड रहेको छ ।

यसका उपभोक्तामा विशेष गरी प्राविधिक उद्योग, प्रविधि प्रेमी तथा प्रयोगकर्ताहरु रहेका छन् । उक्त प्रकाशन गृहले ओप्पोलाई ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि बेष्ट अफ एमडब्ल्यूसी २०१७ बाट सम्मानित गरेको छ ।

स्टफ द लुक-बट-डन्ट-टच अवार्ड फर कुल टेक

 


स्टफ विश्व बजारमै सर्वाधिक विक्री हुने प्राविधिक उपकरण सम्बन्धि समाचार प्रकाशन गर्ने ग्याजेट म्यागेजिन हो । ग्याजेट परिक्षण तथा एक्स्क्लुसिभ पि्रभ्यूका लागि म्यागेजिनलाई विशेष लोकप्रिय छ ।

म्यागेजिनले ठूला तथा भारी लेन्सको प्रयोग विना ओप्पोले प्रदर्शित गरेको ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिको विशेष सराहना गरेको छ ।

स्मार्टफोन बजारकै लागि पृथक आविस्कारका रुपमा बर्णण गर्दै म्यागेजिनले यसको डेफ्थ अफ फिल्डलाई डिजिटल एसएलआर क्यामेरासँग समेत तुलना गरेको छ ।

सोका लागि म्यागेजिनले कम्पनीलाई ‘द लुक-बट-डन्ट-टच अवार्ड फर कुल टेक’ उपाधीद्वारा सम्मानित गरेको छ ।

उबरगिज्मो बेष्ट अफ एमडब्ल्यूसी २०१७


उबरगिज्मो डट कम सर्वाधिक लोकप्रिय टेक ब्लग्स मध्यकै एक अग्रणी साइट हो । वेब्बि अवार्डद्वारा सम्मानित यो साइट उत्कृष्ट १०० ब्लग उपाधीबाट पनि सम्मानित छ ।

सानफ्रान्सिस्कोमा आधारित उबरगिज्मोले ओप्पोलाई एमडब्ल्यूसीमा प्रदर्शित गरिएको नयाँ प्रविधिका लागि बेष्ट अफ एमडब्ल्यूसी २०१७ उपाधीद्वारा सम्मानित गरेको हो ।

मोबाइल गिक्स बेष्ट अफ एमडब्ल्यूसी २०१७


टाइपेइमा आधारित मोबाइल गिक्स प्राविधिक खबर सम्प्रेषणका लागि विशेष परिचित प्रकाशक हो । मोबाइल गिक्सद्वारा ओप्पोले समग्र स्मार्टफोन क्यामेराको कार्य क्षमतामै क्रान्ति ल्याउने सोचका साथ फाइभफोल्ड अप्टिकल जुम सपोर्ट गर्ने प्रणाली ल्याएको उल्लेख गरेको छ ।

पेरिस्कोप प्रविधि मार्फत डुअल क्यामेराको प्रकाशलाई पि्रजमबाट प्रवेश गराइ पातला स्मार्टफोनमा फाइभ फोल्ड जुम मार्फत उत्कृष्ट गुणस्तर सहितको तस्विर खिच्न सघाउने प्रविधि भन्दै बेष्ट अफ एमडब्ल्यूसी २०१७ उपाधी प्रदान गरेको हो ।

टेक बक्स टप ईन्नोभेसन एमडब्ल्यूसी २०१७

 


स्लोभाकियाको सर्वोत्कृष्ट प्राविधिक साइट मध्ये एकका रुपमा टेकबक्स डट एसकेलाई लिइन्छ । सो साइटको मासिक ग्राहक सङ्ख्या करिव ३ लाख रहेका छन् ।

टेकबक्स डट एसकेले डुअल क्यामेरा जुम प्रविधिका लागि ओप्पोलाई टप ईन्नोभेसन एमडब्ल्यूसी २०१७ उपाधीद्वारा सम्मानित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment