
८ चैत, भोजपुर । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ ।
भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनाअघि विहान ९ वजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार घाइते भएका दुवैजनालाई उपचारका लागि धरान लगिएको छ ।
उनीहरुको नाम खुलेको छैन । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4