+
+

आर्मी अफिसर्समा जब राजेपायल घन्किए, जितुले हसाँए

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १२:५८


सामाजिक उद्देश्यका लागि काठमाण्डौमा एक भव्य कार्यक्रमको सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ टेम्पलले अध्यारोबाट उज्यालोतिर भन्दै दृष्टिबिहिन बालबालिकाका लागि भवन निर्माण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो ।

‘उज्यालो उत्सव २०७३’ नामक कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुती राखेका थिए । कलाकारहरुले गीत संगीत, नृत्य तथा हाँस्य प्रस्तुतीहरु पस्केका थिए । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना भएको कार्यक्रममा हाँस्य कलाकार जीतु नेपालले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा पशुपति शर्मा, रमेशराज भट्ट, मौसम गुरुङ, जीवन परियार, देविका बन्दना, सुनिता गुरुङ लगायतका गायक-गायिकाले आफ्ना लोकप्रिय गीतहरु सुनाएर सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए । बाल-गायिका सिताषा थापाले पनि गीत प्रस्तुत गरेकी थिइन् ।

उनको गिती अडियो एल्बम ‘लौ न बाबा’ विमोचन गरिएको थियो । गायक राजेश पायल राइले सबैभन्दा बढी मनोरञ्जन दिएका थिए । उनले ४ गीत प्रस्तुत गर्दा दर्शकले सर्वाधिक साथ दिएका थिए । यस्तै, कलाकार सैलेन्द्र सिंखडा, नक्कली बाबुरामको नामले चिनिएका ज्योती काफ्ले र नक्कली हिसिला यमीको नाम परिचित कलाकार विपना बस्नेतले पनि माहोल तताएका थिए । यस्तै, नायिका रीस्ता बस्नेतको नृत्यले पनि माहोल ततायो ।

कार्यक्रममा क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले दृष्टीबिहीन बालबालिकाको सहज जीवनयापनका लागि सांगीतिक कार्यक्रम गरेर भवन निर्माण गर्न सो कार्यक्रम आयोजना गरिएको बताए । उनले आफैले पनि सांगामा ३ रोपनी जग्गा उपलब्ध गराई आप\mनो संस्थामार्फत सांगीतिक कार्यक्रम आयोजना गरेर त्यसमार्फत हुने आय आर्जनबाट उनीहरुका लागि भवन निर्माण गर्न लागेको खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?