+
+

सानातिना अवरोध छिचोल्दै एमाले राजविराजतर्फ मोडियो

प्रहरी र मोर्चा कार्यकर्तावीच झडप, ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १५:५५


२३ फागुन, सप्तरी । झापा, मोरङ हुँदै सुनसरीको इनरुवासम्म आइपुग्दा केही अत्तालिएका जस्तै देखिने एमाले नेताहरु राजविराज पुग्न लाग्दा एकाएक उत्साहित बनेका छन् ।

मुख्य राजमार्ग पार गरेर राजविराजतर्फ मोडिने बेलामा एमालेको टोलीमा फत्तेपुर, रुपनगर र उदरपुरबाटसमेत समर्थकहरु थपिएपछि एमालेमा उत्साह देखिएको छ ।

मेची-महाकाली अभियान अन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा तयार पारिएको सभास्थल बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले गरेको प्रयासलाई प्रहरीले असफल पारिदिएको छ ।

दक्षिणतर्फबाट भेला भएका करिब एक हजार मोर्चा कार्यकर्ताले एमालेको कार्यक्रमस्थलसम्म आउनका लागि घेरा तोड्ने प्रयास गरेका थिए । तर, प्रहरीले लाठी चार्ज गरेर उनीहरुलाई तितरवितर बनाएको छ ।

झडपमा ७ घाइते

राजविराजको औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा मधेसी मोर्चाका ७ जना घाइते भएका छन् ।

मधेसी मोर्चाका कार्यकर्ता प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरी लाठीचार्ज गरेको थियो ।

प्रहरीको लाठी लागेर मधेसी मोर्चाका जिल्लास्तरीय नेता भीमराज यादव, सतिश सिंह लगायत घाइते भएका हुन् । उनीहरुलाई एम्बुलेन्समार्फत अञ्चल अस्पताल लगिएको छ ।

मधेसी मोर्चाका कार्यकर्ताहरु एमालेको सभास्थलतर्फ प्रवेश गर्न खोजिरहेका छन् । तर, प्रहरीले उनीहरुलाई रोकिरहेको छ । सो क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताहरुबीच धकेलाधकेल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?