Comments Add Comment

प्रहरीले आन्दोलनकारीलाई सडकमा ढिम्किनै दिएन, मोर्चा कार्यकर्ता खेतमै रोकिए


२३ फागुन, राजविराज । सप्तरीमा नेकपा एमालेको कार्यक्रम विथोल्ने मधेसी मोर्चाको प्रयासलाई प्रहरीले असफल पारेको छ ।

ठूलो सुरक्षाका बीच राजविराजको औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम चलिरहेको छ र, आन्दोलनकारीलाई प्रहरीले सभास्थल नजिक आउनै दिएको छैन ।


प्रहरीको टोलीले सडक नजिकैको गहुँ खेतसम्म पुगेर आन्दोलनकारीलाई रोकेको छ ।

प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा आन्दोलनकारी र सुरक्षाकर्मीबीच पटक-पटक झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज गर्दा मधेसी मोर्चाका कार्यकर्ता घाइते समेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment