Comments Add Comment

सप्तरी घटनाप्रति अमेरिकाद्वारा चिन्ता व्यक्त

२४ फागुन, काठमाडाैं । अमेरिकाले सप्तरी घटनाप्रति चिन्ता व्यक्त गरेको छ । साथै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासले मंगलबार विज्ञप्ति जारी गरेर भनेको छ, प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन ।’

साथै  जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा अधिकतम संयम अपनाउन पनि सुरक्षा निकायलाई आग्रह गरेको छ ।

नेपाल ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटेको देख्दा आफूहरु उत्साहित भएको भन्दै अमेरिकी दूताबासले भनेको छ, संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment