Comments Add Comment

मोहन वैद्यले भने- सप्तरी घटना असफल राज्यसत्ताको उदाहरण


२४ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सप्तरी घटनामा सरकार र प्रमुख प्रतिपक्षी दुबै दोषी रहेको जनाएको छ । यो असफल राज्यसत्ता र राज्य व्यवस्थाको ठोस उदाहरणसमेत रहेको उसले दाबी गरेको छ ।

सप्तरी घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष मोहन वैद्यले मंगलबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो घटना संविधान संशोधन र स्थानीय निर्वाचनको घोषणासित सम्बन्धित छ । यसबारे उत्पन्न समस्याको समाधान गर्न नसक्ने सरकार मुख्य दोषी देखिन्छ भने सभा गर्ने स्वतन्त्रता भए पनि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने एमाले समेत जिम्मेवार रहेको छ । साथै, यस घटनामा सम्बन्धित सबै संयमित नभएको पनि पाइन्छ । अन्ततः यो वर्तमान राज्यसत्ता र व्यवस्थाकै असफलताको एक ठोस उदाहरण हो ।’

अध्यक्ष वैद्यले सरकारको निन्ता र भ्रत्र्सना गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment