Comments Add Comment

खुकुरी र शिवशक्ति रुपन्देही सुपर लिगको फाइनलमा

८ चैत, बुटवल । शिवशक्ति क्रिकेट क्लब भैरहवा र साविक विजेता लुम्बिनी खुकुरी क्लब बेलहिया रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा शिवशक्तिले देवदह क्रिकेट युनिटलाई ५ विकेटले पराजित ग¥यो । देवदहले दिएको १ सय ८६ रनको लक्ष्य शिवशक्तिले ३६.३ ओभरमा ५ विकेट क्षतिमा १ सय ८८ रन बनाउँदै पूरा गरेको थियो ।

उसका लागि कृष्ण कार्की र मनोज सुनारले नटआउट क्रमशः ६० र ४५ रनको योगदान गरे । यस्तै, सिद्धान्तराज शाहीले २४ रन बनाए । बलिङमा देवदहका प्रेम श्रेष्ठले २ तथा सुरज खड्काले १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको देवदहले ७ विकेट क्षतिमा १ सय ८५ रन बनाएको थियो । उसका लागि प्रेम श्रेष्ठले ४६, विनित कार्कीले ३० तथा कीर्तिमान ढकालले २२ रन बनाए ।

बलिङमा शिवशक्तिका कृष्ण पराजुली र अख्तर हुसेनले २÷२ तथा सिद्धान्तराज शाही, हरजित सिंह र विष्णु कटरियाले समान १–१ विकेट लिए ।

खेलमा कृष्ण कार्की म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment