Comments Add Comment

स्मार्टफोन चलाउनुहुन्छ ? यी ८ कुरा जानिराख्नोस्

तपाईं जब स्मार्टफोन किन्न जानुहुन्छ तब बिक्रेतासँग तपाईंको पहिलो प्रश्न के हुन्छ ? यदि तपाईं केवल फोनको मूल्य मात्र सोधेर सोही आधारमा फोन किन्ने गर्नुहुन्छ भने त्यो राम्रो बानी होइन ।

स्मार्टफोनसँग सम्बन्धित केही यस्ता शव्दाबलीहरु हुन्छन् जसका बारेमा तपाईंले थाहा पाउनैपर्छ । यदि त्यो थाहा पाउनुुभयो भने मात्र तपाईंले स्मार्टफोनमा कस्ता फिचर्स छन् र कस्तो स्मार्टफोन आफुलाई उपयुक्त हुन्छ भन्ने जानकारी हासिल गर्न सक्नुहुन्छ ।

· mAh (milliamp Hour) :  मिलि एम्पिएर आवर भनेको कुनैपनि डिभाइसको ब्याट्रीको इनर्जी क्षमताको इकाइ हो । सिधा शव्दमा भन्नुपर्दा यो जति धेरै हुन्छ डिभाइसको ब्याट्रीको पावर उति नै धेरै हुन्छ ।

· रिजोलुसनः रिजोलुसनले तपाइँको स्मार्टफोनको स्क्रिन क्वालिटी तथा क्षमतालाई दर्साउँदछ । जति धेरै रिजोलुसन हुन्छ डिस्प्लेको गुणस्तर उति नै धेरै हुन्छ ।

· मेगापिक्सेलः  क्यामरा मेगापिक्सेलको काम भनेको फोटोको साइज बढाउनु हो । अर्थात् जति धेरै मेगापिक्सेलको क्यामरा हुन्छ फोटोको साइज उति नै ठूलो खिच्न सकिन्छ वा फोटो उति नै प्रष्ट हुन्छ ।

· वुफरः  वुफर यस्तो लाउडस्पिकर जस्तो डिभाइस हो जसले हाइ फ्रिक्वेन्सी साउण्डलाइ पनि लो फ्रिक्वेन्सी साउण्डमा बदलिदिन्छ ।

· ६४ बिट प्रोसेसरः  यो प्रोसेसरको क्षमता हो । यस्तो उच्च क्षमतायुक्त प्रोसेसररले धेरै र्‍याम, धेरै मेमोरी, उच्च ब्याट्री ब्याकअप तथा उत्कृष्ट क्यामरा फिचर्सलाई सपोर्ट गर्दछ ।

· हटस्पटः  यो एउटा यस्तो फिचर हो जसका माध्यमबाट एक डिभाइसले आफ्नो इन्टरनेट कनेक्सनलाई वाइफाइको माध्यमबाट अर्को डिभाइसमा शेयर गर्न सक्दछ ।

· WCDMA :  सरल भाषामा तपाइँ डब्लु सि डि एम ए भनेको थ्री जी टेक्नोलोजी भनेर बुुझ्न सक्नुहुन्छ ।

· फोर के डिस्प्ले क्वालिटीः  यसको अर्थ ती डिभाइसमा एचडी भन्दा ८ गुणा उच्च क्षमतायुक्त डिस्प्ले क्वालिटी छ । फोर के डिस्प्ले क्वालिटी रिजोलुसन भनेको ४ हजार पिक्सेल हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment