+
+

बलिउड अभिनेत्री किन ‘सुन्दर र तन्दुरुस्त’ देखिन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते ११:०१

जतिसुकै व्यस्त भएपनि, जतिसुकै उमेर घर्किएपनि बलिउड अभिनेत्रीहरु जवान र सुन्दर देखिन्छन् । उनीहरुको शरीर चुस्त र फूर्तिलो देखिन्छन् । अनुहार चम्किलो र मुलायम । आखिर कसरी उनीहरु आफुलाई सधै जवान राख्न सक्छन् ?

शिल्पा शेट्टी

म नियमित रुपले घरमै दुई घण्टा योग गर्छु । खानपानमा पनि म उत्तिकै सर्तक छु । पर्यापत पानी पिउछु, ताजा फलफूल सेवन गर्छु । सन्तुलित भोजन ग्रहण गर्छु ।

कुरा यो होइन कि, म नियमिन जिम जान्छु । तर, हप्तमा तीन पटक आवश्यपनि म जिम जान्छु । खासगरी आफुलाई फिट एन्ड फाइन राख्नका लागि जिम जाने गर्छु ।

कट्रिना कैफ

म आफ्नो डाइटका लागि एकदमै कन्सस छु । यसका साथै म नियमित जिम जान्छु । मेरो फिटनेस मन्त्र हो, सहि समयमा सहि डाइट लिनु । किनभने यदि तपाई समयमा भोजन गर्नुहुँदैन भने त्यसको असर तपाईको स्वास्थ्य, फिटनेस र मुड सबैमा पर्छ । योग मेरो जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । म नियमित र अनुशासित ढंगले योग अभ्यास गर्छु । मेरो वर्कआउटमा जिम, वेट ट्रेनिक र योग सामेल छ । म तरल पदार्थ अर्थात जुस, सुप, सर्बत अधिक सेवन गर्छु, जसले रिफ्रेस र फिट महसुष गर्छु ।

मलाईका अरोरा

फिट रहनका लगि म हप्तामा कम्तीमा तीन घण्टा जिममा आवश्यै बिताउँछु । जिममा अलग अलग तरिकाको एक्सरसाइज गर्छु, ताकि शरीरको सबै हिस्साको राम्ररी व्यायम हुन सकोस् । यसका साथसाथै म हेल्दी डाइट लिन्छु ।

सोनम कपुर

मैले आफ्नो पिटनेसका लागि धेरै गरेकी छु । तपाईलाई सुनेर आश्चर्य लाग्न सक्छ कि फिल्ममा आउनुअघि म निकै मोटी थिएँ । त्यस समयमा मेरो तौल ८६ केजी थियो । तर, अब म फिट छु । र, यसको क्रेडिट सन्तुलित खानपान, पानी सेवन र नियमित व्यायमलाई दिन्छु ।

बिपाशा बसु

म फिटनेसका लागि अरु केहि गर्दिन । खानामा परहेज पनि गर्दिन । जुन मनपर्छ त्यही खान्छु । तर, म लिफ्टको स्थानमा भर्‍याङ प्रयोग गर्छु । नियमित योग गर्छु । हप्तामा चार दिन एक्सरसाइज पनि गर्छु । कुनैपनि फिटनेस पचास प्रतिशत डाइट र पचास प्रतिशत व्यायममा निर्भर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?