+
+

सप्तरीमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते १३:०२

२६ फागुन, राजविराज । सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।

सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पनि राविराजमा नै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?