मुम्बई । करण जौहरले कंगना रनौतलाई बलिउड छोड्न सुझाब दिएपछि प्रतिक्रिया स्वरुप कंगनाले भनेकी छिन् ‘मिष्टर करण जौहर म तिमीले भन्दैमा बलिउड छोडदिन ।’
करणले लण्डन स्कुल अफ इक्नोमिक्सको एक कार्यक्रममा कंगनाले महिला एवं पीडित कार्ड खेलेको आरोप लगाउँदै कंगलाई बलिउड छोड्न सुझाब दिएका थिए । जवाफमा कंगनाले करणलाई मुभी माफिया समेत भन्न बाँकी राखिनन् ।
करणको कार्यक्रममा सहभागी हुनुलाई करणको कृपाको रुपमा आफुले नबुझेको कंगनाको भनाई थियो ‘करणले सोचे होलान् मैले कंगनालाई मञ्च दिँए उनलाई यो पनि जानकारी होस् म यस अघि नै विश्वका धेरै मञ्चमा सहभागी भैसकेकी छु र आफ्नो विचार राखेको छु ।’ मञ्च दिएको अभिब्यक्ति दिएर करणले सिंगो कलाकारको अपमान गरेको कंगनाको भनाई थियो ।
करणले महिलालाई हेप्ने आशयको कुरा गरेको कंगनाको भनाई थियो । ‘महिला कार्डले कसैले कुनै उपाधि पाउँदैन । यो करणलाई पनि जानकारी होस्’ उनले भनिन् ।
आफु बलिउडमा कोही ब्यक्तिसँग लडेको नभई पुरुष मानसिकतासँग लडेको कंगनाको भनाई थियो ।
प्रतिक्रिया 4