+
+
Shares

नेपाली झण्डा फहराउँदै कातालोनियामा गुञ्जियोः नेपाली नारी, संसार भरी

वसन्त रानाभाट वसन्त रानाभाट
२०७३ फागुन २७ गते १०:०४

बार्सिलोना । स्पेनमा रहेका नेपाली महिलाहरुले कातोलोनिया क्षेत्रमा नेपाली झण्डा फहराएका छन् । १०७ औं अन्तर्राष्ट्रिय महिला दिबसको अबसरमा ‘नेपाली नारी, संसार भरी’ भन्दै नेपाली महिलाहरुले कातोलोनियामा राष्ट्रिय भण्डा फहराएका हुन् ।

महिला अधिकारका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै बार्सिलोनामा आयोजना भएको र्‍यालीमा नेपाली महिलाहरुले सहभागिता जनाएका हुन् । सो अवसरमा नेपाली महिलाहरुले बिदेशी समुदायमाझ नेपाली तथा स्पेनिस भाषामा महिला हक अधिकारका नारा लगाए ।

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनस्थित महिला फोरमको नेतृत्वमा महिला दिदिबहिनीहरुको उल्लेख सहभागिता रहृयो । महिला अधिकारको आवाज उठाउँदै आएको स्पेनिस सँस्था ‘काला दोना’सँग ऐक्यबद्दता जनाउँदै फोरमलेसँगै महिला दिबस मनाएको हो ।

कार्यक्रममा आप्रबासीहरुको हकहितका लागि लड्दै आएको सँस्था पापेलेस पारा तोदोसले पनि सहभागिता जनाएको थियो ।

महिला फोरम संयोजक सीता सिंहले यसपटकको महिला दिबस बिदेशी समुदायसँगै मिलेर मनाइएको हुँदा सोचे भन्दा राम्रो भएको बताइन् । उनले भनिन्, ‘बिदेशी भूमिमा नेपाली महिलाहरुद्वारा अन्तर्रास्टि्रय नारी दिवसका दिन निकालिएको र्‍यालीमार्फत हाम्रा आबाज पनि राख्न पायौं । महिला हक अधिकारका लागि लड्ने यहाँका संघसँस्थासँग नजिक हुने अबसर मिल्यो, भविष्यमा हामीलाई समस्या परेमा कानुनी लडाई लड्न पनि सहज हुनेछ ।’

नेपाली महिलाहरु एनआरएन फोरमको पोसाकसहित र्‍यालीमा सहभागिता जनाएको हुँदा बिदेशी मिडियाहरुलेसमेत चासो ब्यक्त गरेका थिए । स्पेनिस महिलाहरुले समेत ‘नेपाली नारी, हिमाल सरी’ भन्दै माइकबाट नै नारा लगाउँदा बाताबरण नेपालमय बनेको थियो ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?