+
+

बिग्रेको गाडी गधाले तानेर किन देखाए यिनले तमासा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २८ गते १०:५३

भारतको लुधियानामा पछिल्लो समयमा कसैको चर्चा छ भने, त्यो हो गधाको । गधा किन चर्चित भयो ? कारण निकै रोचक छ । एक व्यक्तिले गधालाई जुुन तरिकाले प्रयोग गरे त्यो सुन्दैमा हाँसो उठ्ने खालको छ ।

लुधियानाका एक व्यक्तिसँग स्कोडा कम्पनीको अक्टोबिया गाडी थियो । गाडी दिनदिनै बिग्रेर उनी हैरान बनेका थिए । पटक पटक सर्भिस सेन्टरमा लगेर गाडीका मिस्त्रीबाट मर्मत गराउँदा पनि समस्या समाधान भएन ।

बिग्रेर रुवाएको गाडीबाट दिक्क भएका उनले अन्ततः सबैलाई छक्कै पार्ने काम गरे । बिग्रेको गाडी तान्नका लागि अर्को गाडी प्रयोग गरेझैँ उनले दुुइवटा गधाको जिउमा आफ्नो हैरान पार्ने गाडीलाई डोरीले बाँधेर लतार्न लगाए ।

अझ रोचक त के भने दुुइवटै गधाको जिउमा उनले स्कोडा अक्टोभिया गाडी भन्ने कागजमा लेखेर टाँसिदिए । लाग्थ्यो वास्तविक स्कोडा अक्टोभिया त तिनै गधा पो हुन् ।

उनले भनेका छन्ः मैले यो गाडी सन् २०१५ को मार्च १९ मा किनेको थिएँ । तर गल्ती भएछ । यो गाडीसँगै दुुइवटा गधा पनि किन्नुपर्ने रहेछ ।

गाडीमा दिनहुँ कुनै न कुनै समस्या आइरहँदा समेत कम्पनीले कुनै भरपर्दो समाधान दिन नसकेको उनको गुनासो छ । उनले यस विषयमा कम्पनीका अधिकारीहरु तथा कम्पनीको फेसबुक पेजमा समेत गुनासो गरेका रहेछन् । तर कुनै समाधान निस्किएन । त्यसपछि उनले आफ्नो उक्त गाडीलाई गधाले तनाउन बाध्य भए ।एजेन्सी

भिडियो हेर्नुहाेस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?