Comments Add Comment

बिपी पुत्र कोईराला स्पेनमा

बार्सिलोना । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला स्पेन आईपुगेका छन्। नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनलाई सम्बोधन गर्न महामन्त्री कोइराला शनिबार बिहान बार्सिलोना आएका हुन्। कोइरालासँगै केन्द्रीय प्रतिनिधिको रुपमा कांग्रेस नेता सुरेन्द्र पाण्डे पनि आएका छन्।

कोइरालासहित कांग्रेस नेताहरुको स्वागतका लागि स्पेनका कांग्रेस नेताहरु बिमानस्थल पुगेका थिए। समितिका अध्यक्ष शालिकराम डुम्रे, संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा लगायतले बिपीपुत्रको स्वागत गरेका छन्।

आइतबार हुने जनसम्पर्क समिति स्पेनको पाँचौ अधिवेशनलाई प्रमुख अतिथिको रुपमा कोईरालाले उद्घाटन गर्दै छन् ।

महामन्त्री कोईराला यसअघि बेल्जियमको अधिबेशन तथा नेदरल्याण्ड र डेनमार्कको अन्तरक्रियामा सहभागी बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment