Comments Add Comment

सुपरस्टारहरुले साथ छोडे, एक्लिइन् प्रियंका

हलिउडमा जम्न प्रयासरत रहेकी अभिनेत्री प्रियंका  चोपडा बलिउडमा भने एक्लिदै गएकी छिन् । बलिउडका सबै सुपरस्टारहरुले उनको साथ छोडेका छन् ।

शाहरुख खान र प्रियंका को निकटताको चर्चा हुन थालेदेखि शाहरुखले प्रियंका सँग काम नगर्ने अठोट गरे । डन-२ का दौरान उनीहरु एक-अर्कासँग नजिकिएका थिए । करण जौहरले बीचमा आएर यी दुईलाई छुट्याए । यही कारणले डन-३ मा शाहरुखले प्रियंका को नाम काटिदिए ।

अर्का सुपरस्टार सलमान खान पनि प्रियंका सँग रुष्ट छन् । प्रियंका ले उनीसँग एउटा फिल्म खेल्न इन्कार गरिदिएकी थिइन् । त्यसयता सलमानले पनि उनलाई भाउ दिन छाडेका हुन् । प्रियंकाले सलमानलाई फकाउन कम्ति कोशिस गरेकी होइनन्, तर केही लागेन । सलमान एकचोटी कसैसँग रिसाएपछि हत्पत्ति नजिकिदैनन् ।

तेस्रो खान हिरो अमिरसँग प्रियंकाले अहिलेसम्म कुनै फिल्म गरेकी छैनन् । त्यसो त अमिरसँग उनको कुनै विवाद भएको छैन तर अमिर यति कम फिल्म गर्छन् कि प्रियंकासँग निकट भविष्यमा उनको सहकार्य हुने सम्भावना नै छैन ।

अर्का सुपरस्टार अक्षयकुमारले पनि प्रियंकासँग फिल्म नखेल्ने कसम खाएका छन् । यी दुईबीच अन्तरंग सम्वन्ध रहेको सुइको अक्षयकी पत्नी टि्ंवकलले पाएकी थिइन् । त्यसपछि उनले अक्षयलाई कसम खुवाएकी थिइन् कि उनले प्रियंका सँग आइन्दा कुनै फिल्म गर्ने छैनन् ।

अजय देवगण पनि के कारणले हो प्रियंका सँग खुशी छैनन् । उनी प्रियंका सँग फिल्म खेल्दैनन् । बाँकी रहे ऋतिक रोशन । तर उनले पनि कति फिल्म खेलुन् प्रियंका सँग मात्रै ?

यता नयाँ पुस्ताका हिरोहरु रणवीर सिंह, रणवीर कपुर, अर्जुन कपुरसँग प्रियंका को जोडी जम्दैन । ती हिरोहरुभन्दा उनी ठूली देखिन्छिन् । यिनै कारणहरुले गर्दा बलिउडमा प्रियंका  रित्तो हात भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment