Comments Add Comment

भोटिङ मेसिनमा शंकाः अमेरिकी वैज्ञानिकको दाबीदेखि मायावतीको आरोपसम्म

के भोटिङ मेसिनमा कसैले गडबडी गर्न सक्छ ?

२९ फागुन, भारत । उत्तरुप्रदेश विधानसभा चुनावमा लज्जास्पद पराजय भोगेकी बहुजन समाज पार्टीकी प्रमुख मायावतीले विद्युतीय भोटिङ मेसीन (इभिएम) माथि दोष थोपरेकी छिन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहलाई तुरुन्त मतगणना रोकेर परम्परागत मतपत्रमार्फत फेरि निर्वाचन घोषणा गर्न चुनौति दिइन् ।
सन् २०१० को मेमा अमेरिकाको मिसिगन विश्वविद्यालयका वैज्ञानिकहरुले उनीहरुसँग भारतको इभीएम ह्याक गर्ने प्रविधि रहेको दाबी गरेका थिए ।के, मायावतीले भनेजस्तो इभीएममा कसैले कुनै खालको गडबडी गर्न सक्छ ? यसबारे बहस सुरु भएको छ ।

शोधकर्ताहरुका अनुसार एउटा मेसिनबाट घरेलु उपकरणलाई जोडेपछि पाइयो कि मोबाइलबाट टेक्स्ट म्यासेजमार्फत परिणामलाई बदल्न सकिन्छ ।

यद्यपि, पूर्व निर्वाचत आयुक्त टीएस कृष्णमूर्तिको फरक विचार छ । उनले बीबीसीलाई भने, ‘जुन मेसिन भारतमा प्रयोग भइरहेको छ, त्यो मजबुत छ र मलाई लाग्दैन कि त्यसलाई कसैले ह्याक गर्न सक्छ । बरु निर्वाचन केन्द्रमा मेसिन चलाउनेहरुले सही रुपमा चलाउन चलाउन नसक्लान् तर मतदानपूर्व यी मेसिनहरुको कडा परिक्षण गरिएको हुन्छ ।’

‘यसभन्दा अगाडि पनि थुप्रै व्यक्तिले इभीएम मेसिनमा गडबडी गरिएको आरोप लगाएका थिए, तर अदालतमा ती आरोप प्रमाणित हुन सकेनन् र सर्वोच्च अदालयले यस मुद्दालाई खारेज गरिदिएको थियो,’ कृष्णमूर्ति भन्छन् ।

शारदा युनिभर्सिटीमा सोध तथा प्रविधि विकास विभागका प्राध्यापक अरुण मेहता भन्छन्, ‘इभीएसमा कम्युटरकै प्रोग्रामिङ हुन्छ र यसलाई बदल्न पनि सकिन्छ । तपाईं यसलाई अझ राम्रो बनाउन सक्नु हुन्छ, तर यो पनि हेर्नुपर्छ कि ह्याकरहरु झन् झन् शक्तिशाली हुँदैछन् ।’

प्रोफेसर मेहताका अनुसार दुई किसिमका इभिएम मेसिन हुन्छन् । एउटामा दुईपटक मतगणना गर्न सकिदैन र अर्कोमा र्दुइपटक मतगणना गर्न सकिन्छ ।

उनी भन्छन्, ‘पुरानो मेसिनको पनि विरोध भएको थियो र त्यसपछि यसको प्रयोग बन्द गरियो । अहिले जुन मेसिन प्रयोग भइरेको छ, यसमा पेपर ट्रेल लगाइएको छ, ताकि फेरि भोट गन्न सकियोस् । तर, यसमा मतदाताहरुको पहिचान हुन सक्ने खतरा छ ।’ निर्वाचन आयोग स्वयम्ले यो कुरालाई स्वीकार गरेको उनी बताउँछन् ।

समाजवादी पार्टीका अखिलेश यादवले हार स्वीकार गर्दै इभीएममाथि छेडछाडको आरोप लागेकाले त्यसको अनुसन्धान हुनुपर्ने बताएका छन्

तर, प्रोफसर मेहताको भनाइमा अदालतमा केवल इभिएम ह्याक हुन सक्छ भन्नु मात्रै पर्याप्त हुँदैन । यसका लागि प्रमाण पेश गर्नुपर्छ जुन अत्यन्त कठिन छ ।

इभिएमको सुरक्षामाथि ध्यान दिने प्रविधि विशेषज्ञ पनि स्वीकार गर्छन् कि मेसिन ह्याक गर्नु कुनै ठूलोकुरा होइन र या प्रमाणित पनि भइसकेको छ ।

अर्कोतर्फ समाजवादी पार्टीका अखिलेश यादवले हार स्वीकार गर्दै इभीएममाथि छेडछाडको आरोप लागेकाले त्यसको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

यसैगरी मायावतीको आरोपका विषयमा भाजपा अध्यक्ष अमित शाहले भने, ‘म उनको मनस्थिति बुझ्न सक्छु, तर यसमाथि कुनै प्रतिक्रिया जनाउन चाहन्न ।’

स्रोत- बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment