Comments Add Comment

आगामी फिल्मका लागि सलमानले २० किलो तौल घटाए

शरीरको वजन घटाउनु र बढाउनु बलिउड कलाकारहरुको लागि चुट्कीको कुरा हो । कथाले मागेपछि उनीहरु केही दिनमै १०-२० किलो वजन घटाउन र बढाउन खप्पिस छन् । नायक सलमान खानले अहिले त्यसै गरेका छन् ।

अघिल्लो फिल्म सुल्तानमा सलमानले एक पहलमानको भूमिका निभाएका थिए । त्यसैले सो फिल्मका लागि उनले आफ्नो वजन बढाएर ९६ किलो पुर्‍याए । अब अहिले चाहिँ उनलाई वजन घटाउने चटारो छ ।

सुल्तान फिल्मयता सलमानले आफ्नो तौल २० किलो घटाइसकेका छन् । आगामी फिल्म ‘टाइगर जिन्दा है’ का लागि उनले तौल घटाएका हुन् । तौल घटबढ गर्ने काम एकदमै कठिन हुने सलमानको अनुभव छ ।

शनिबार राति भएको जि सिने अवार्डसका क्रममा पत्रकारहरुलाई जवाफ दिँदै सलमानले भने, ‘हो, मैले आफ्नो शरीरको तौल १८-२० किलो कम गरेको छु । टाइगर जिन्दा है र अर्को एउटा फिल्मका लागि तौल घटाएको हुँ । तौल घटाउनु निकै कठिन काम हो ।’

सलमानले भनेको अर्को फिल्म चाहिँ एउटा डान्स फिल्म हो जसको निर्देशन रेमो डिसुजाले गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment