Comments Add Comment

एमालेले झुक्यायो, ओली काठमाडौं हिँडेपछि एमाले नेताले माफी मागे

३० फागुन, जितपुर (कपिलवस्तु) । मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा कपिलवस्तुको जितपुरमा एमालेले जनप्रदर्शनसहित सभा गरेको छ । तर, केपी ओली आउने भन्दै सभामा मानिसहरु जम्मा पारिए पनि ओली सभामा उपस्थित नभई काठमाडौं फर्किएपछि समर्थकहरुले केही खल्लो महसुस गरे ।

जितपुरको सभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो । तर, ओली काठमाडौं फर्किएकाले उनी बाहेकका अन्य नेताहरुमात्रै उपस्थित थए ।

सभामा ओलीलाई नेदेखेपछि निराश बनेका समर्थकहरुलाई सभाको शुरुमै सम्बोधन गर्दै जिल्ला अध्यक्ष झबिलाल पोखरेल र सांसद विश्राम चौधरीले सार्वजनिक माफी मागेका थिए ।

कपिलवस्तुका गाउँ-गाउँमा स्थानीय भाषामा ‘इसबारका होली, साथमे केपी ओली’ भन्ने प्रचार गरेर एमालेले मान्छे उतारेको थियो । ती मान्छेसँग माफी माग्दै एमाले नेता चौधरीले भने- ओलीसँग होली मनाउन र एक झल्को हेर्नका लागिमात्रै आउनुभएका तपाईहरु समक्ष जति प्रयास गर्दा पनि ओलीलाई उपस्थित गराउन नसकेकोमा हामी माफी माग्छौं । अब मधेसमा चुनाव जितेपछि विजय उत्सव मनाउन ओलीलाई ल्याउनेछौं ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने जितपुरको सभामा सहभागी हुन छिमेकी अर्घाखाँची र रुपन्देहीका एमाले कार्यकर्ता तथा समथर्कसमेत तराई झरेका थिए ।

मधेसी मोर्चाको बन्दका बीच एमाले समर्थकहरु राजमार्गमा जुलुससहित अभियानमा सहभागी भए । सोमवार तराईमा होली पर्व परेका कारण एमालेको अभियान होलीमय बन्यो ।

थारु र पहाडे समुदायको उल्लेख्य उपस्थिति एवं मधेसी समुदायको तुलनात्मकरुपमा कम उपस्थिति रहेको सो क्षेत्रमा आयोजित जननसभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले पार्टी मधेस विरोधी नरहेको पुष्टि गर्ने प्रयास गरे ।

सभाको प्रमुख वक्ताका रुपमा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले मधेसी मोर्चा र कांग्रेसको प्रतिवाद मधेसी जनताले गर्नुपर्ने र त्यसमा एमालेले साथ दिने बताए । उनले मधेसमा अपराधीहरु हावी हुँदै गएको र राजनीतिक शक्ति कमजोर हुन थालेकाले एमाले मधेसमा राजनीतिक अभियान लिएर आएको बताए ।

जनसभालाई सम्बोधन गर्दै एमालेका सचिव गोकर्ण विष्टले ५ नम्बर प्रदेश विभाजनको उद्देश्य नेपाललाई कालान्तरमा दुई राष्ट्रिय राज्य बनाउने षडयन्त्रसँग जोडिएकाले बाहृय चलखेलबाट आएको संविधान संशोधन पारित हुन नदिइने बताए । एमाले सांसद तथा केन्द्रीय सदस्य लालबाबु यादवले नियोजित रुपमा एमालेलाई मधेस बिरोधी करार गर्न खोजिएको बताए ।

तस्वीर: कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment