Comments Add Comment

पूर्व प्रधानमन्त्री भट्टराई आज भारत जाने


१ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदैछन् । उनी आज दिउँसो ३ः३० बजे दिल्ली प्रस्थान गर्नेछन् ।

भट्टराईले इण्डिया फाउन्डेसनको आयोजनामा दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा -१४-१६ मार्च) १५ मार्चमा सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै १९ मार्चमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

दिल्ली बसाईका क्रममा भट्टराईले भारतका राजनीतिक व्यक्तित्व, नेपाल-भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment