Comments Add Comment

मन मिल्नु त यस्तो पो ! ३७ वर्षदेखि दम्पत्तिको एउटै पहिरन

लोग्ने स्वास्नीमा स साना कुरामा पनि मतभेद र विवाद भैरहनु सामान्य हो । कहिले विचार नमिल्दा र कहिले अन्य कारणले ठाकठुक पर्दछ ।

तर जापानको एक ६० वर्षीय दम्पतीका बारेमा भने यो आम तथ्य मेल खाँदैन । यो दम्पती मन मिल्ने सवालमा दुनियाकै एक उदाहरण जोडी हो ।

बिहे पछि अहिलेसम्म यो दम्पतिले एकैखालको पहिरन लगाउँदै आएको छ । आफ्नो म्याचिंग ड्रेसका कारण हरेक ठाउँमा यिनीहरु आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

यो दम्पतिको तस्वीर इन्स्टाग्राममा पनि अपलोड भैसकेको छ र सोसल मिडियामा उनीहरुले खुुब तारिफ बटुलेका छन् । इन्स्टाग्राममा उनीहरुका ८० हजार भन्दा धेरै फलोअर्स छन् ।

उनीहरुको बिहे ३७ वर्षअघि भएको हो । बिहेपछि यी लोग्नेस्वास्नीले कहिल्यै पनि फरक फरक रंग तथा ढाँचाका कपडा लगाएका छैनन् । एउटै खाले पहिरन लगाउने गरेका छन् ।

फेसनको मामिलामा यो दम्पत्तिले आजपनि जवानहरुलाई पछि पार्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment