+
+

महासंघको अधिवेशनमा पत्रकारलाई निषेध गरेकोप्रति युरोप शाखाको ध्यानआकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २ गते ९:४२

बार्सिलोना । नेपाल पत्रकार महासंघ युरोप शाखाले स्पेन र बेल्जियममा गरिएको पत्रकार निषेधका घटनाप्रति ध्यानआकर्षण भएको जनाएको छ । नेपाली जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशन हुँदै गर्दा पत्रकार निषेध गरिएको घटनाप्रति खेद प्रकट गर्दै महासंघले ध्यानआकर्षण भएको जनाएको हो ।

महासंघका अध्यक्ष केजिन राई र महासचिव प्रकाश ढकालद्वारा मंगलबार जारी बक्तब्यमा भनिएको छ, ‘मुलुककै सबै भन्दा पुरानो, बलियो, लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली कांग्रेसको विदेशस्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिहरुले केही देशमा आˆनो अधिबेशन हुँदै गर्दा पत्रकारलाई पूर्ण रुपमा निषेध तथा अपमान गरिएका घटनाहरु प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भिर ध्यानआकर्षण भएको छ ।’

मार्च १२ तारिख आइतबार नेपाली जनसम्पर्क समिति स्पेनको अधिबेशन हुँदै गर्दा मतगणनाबारे स्थानीय पत्रकारहरुले चासो राखेर समितिलाई पटकपटक फोन सम्पर्क गर्दा पत्रकारलाई निषेध मात्र नभई मतगणना भएको स्थलसमेत नबताइ मत गन्नु आफैंमा लज्जास्पद भएको बक्तब्यमा उल्लेख छ । ‘मतगणना हुँदै गर्दा चुनाबी प्रकृया पर्यबेक्षणका लागि पत्रकारलाई ढोका खोलेर प्रजातान्त्रिक परिपाटी देखाउनुको सट्टा मत परिणामलाई अपडेड गराउने बाटो समेत बन्द गराई आˆनै मतदाता र उमेद्वारहरुले सूचना पाउने अधिकारबाट बन्चित गराउनु ठूलो दुर्भाग्य हो ।’ भन्दै युरोप शाखाले खेद प्रकट गरेको छ ।

यस्तै नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिति संयोजक इन्ऽ क्षेत्री र सदस्य सचिव झलक केसीले प्रबेशमा रोक लगाउँदै अपमानित गरेको घटनाप्रति पनि महासंघले ध्यानआकर्षण भएको जनाएको छ ।

दुवै घटनामा पत्रकारहरुमाथि भएको अपमानको महशुस गर्दै सार्बजनिक रुपमा माफी माग्न महासंघ सम्बन्धित संस्थाहरुलाई अनुरोध गर्दै संघले घटनाहरुलाई बेवास्ता गरिएमा महासंघले सम्बन्धित संस्थाका समाचार, सूचनाहरु बहिष्कार गर्नेसम्मको कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

जनसम्पर्क समिति स्पेनले माफ माग्यो

नेपाली जनसम्पर्क समिति स्पेनले मतगणना स्थलबारे पत्रकारलाई जानकारी दिन र प्रबेश गराउन असमर्थ रहेकोमा माफ मागेको छ । समितिका अध्यक्ष शालिकराम डुम्रेले बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ठाउँ साघुरो र टाढा भएकाले उमेद्वार, निर्वाचन समिती र कार्यसमितीको छलफल पछि प्रबेश गराउन असमर्थ रहेकोमा दुस्खी छौ,पत्रकारलाई प्रबेश निषेध गर्नु पर्ने कुनै कारण थिएन,त्यसो हुन पुगेकोमा क्षमा पार्थी छौं ।’

यस्तै निर्बाचन समितिका संयोजक चिन्तामणी सापकोटाले समेत बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मतगणना स्थलमा पत्रकारलाई प्रबेश गराउन चाहना हुँदाहुँदै पनि विभिन्न कारणले असमर्थ रहेकोमा दुखी छु । पत्रकारलाई प्रबेश निषेध गर्नुपर्ने कुनै कारण थिएन । तै पनि अन्य कारणले गर्दा त्यस्तो हुन पुगेकोमा क्षमा चाहन्छु ।’

यसैबीच पत्रकार निषेधको घटनाबारे समितिले आˆनो बक्तब्य जारी नगरेसम्म मतपरिणामबारे समाचार प्रकाशित नगर्ने बताएका स्पेनस्थित पत्रकारहरुले आˆनो घोषणा फिर्ता लिएका छन् ।

समितका अध्यक्ष र निर्बाचन समितिका संयोजकले छुट्टाछुट्टै बिज्ञप्तिमार्फत घटनाबारे जानकारी गराएपछि आउँदा दिनमा पुनः यस्ता घटनाहरु नदोहोरिने बिश्वास राख्दै आˆनो निर्णय फिर्ता लिएका हुन् । साथै नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई पनि पत्रकारहरुले बधाई तथा सफल कार्यकालका लागि शुभकामाना ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?