Comments Add Comment

अष्ट्रेलियामा पक्राउ परेका तीन व्यक्ति नेपाली नभएको पुष्टि

१५ मार्च, सिड्नी । अष्ट्रेलियामा हालै एक श्रीलंकन नागरिकको हत्या अभियोगमा पक्राउ परेका तीन व्यक्ति नेपाली नभएको पुष्टि भएको छ । साउथ अष्ट्रेलियाको प्रहरीले यसको पुष्टि गरेको हो ।

केही दिनअघि अष्ट्रेलियाको एक सञ्चारमाध्यममा हत्या अभियोगमा तीन नेपालीलाई पक्राउ गरेर अष्ट्रेलियाको प्रहरीले हिरासतमा राखेको समाचार प्रकाशित भएको थियो । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको थिएन ।

यस सम्वन्धमा साउथ अष्ट्रेलियास्थित नेपाली महावाणिज्यदूत दिपक धमलाले त्यहाँको प्रहरीलाई पत्र पठाएका थिए । उनले पक्राउ परेका ‘नेपाली’ हरुको पहिचान खुलाइदिन आग्रह गरेका थिए ।

यसको जवाफमा साउथ अष्ट्रेलियन प्रहरीका मिडिया तथा जनसरोकार शाखाका निरिक्षक एम इमर्गले अनुसन्धानकर्ताहरुको हवाला दिँदै पक्राउ परेका व्यक्तिहरु नेपाली नभएको जानकारी गराएको मानार्थ वाणिज्यदुतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment