Comments Add Comment

प्रधानमन्त्रीले राखे पुरानै प्रस्ताव, मधेसी मोर्चाले भन्यो-सीमांकन बटमलाइन

३ चैत, काठमाडौं । मधेसी मोर्चालाई विश्वास लिएर स्थानीय चुनावमा सहभागी गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास फेरि असफल भएको छ ।

मधेसी मोर्चाले समर्थन फिर्ता लिँदै असहयोग आन्दोलन थालेपछि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ नेपाली कांग्रेस र राप्रपाका शीर्ष नेताहरुसहित बैठक बोलाएका थिए । सिंहदरवारमा भएको छलफलमा उनले सीमांकनलाई थाती राखेर संविधान संशोधन अघि बढाउने पुरानै प्रस्ताव राखेका छन् ।

उनले यही प्रस्ताव मोर्चाका नेताहरुसामू बुधबार पनि राखेका थिए, जसलाई अस्वीकार गर्दै मधेसी मोर्चाले साँझ समर्थन फिर्ता लिनु साथै आन्दोलनको घोषणा गरेको थियो ।

मधेसी मोर्चामा आवद्ध रामसपाका महासचिव केशव झाले भने, ‘प्रधानमन्त्रीले पुरानै प्रस्ताव राख्नु भयो । हामीले यो सम्भव छैन भनेका छौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले मिलाउनुपर्‍यो भनेका थिए भने राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने र बाँकी संशोधन अघि बढाउने आफ्नो प्रस्ताव भएको बताए ।

तर, मधेसी मोर्चाले यसलाई अस्वीकार गरेको छ । मोर्चाको तर्फबाट बोल्दै उपेन्द्र यादवले सीमांकन हेरफेर आफूहरुको बटमलाइन भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment