Comments Add Comment

बाबुको ‘बाबु कान्छो’ मा सलोनको स्वर, ‘कर्णवीर’ को गीतलाई गरियो रिमिक्स


नायक सलोन बस्नेतले केहि चलचित्रमा गीत पनि गाएका छन् । उनै, सलोनले फेरि एकपटक आफ्नै बाबुको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘बाबु कान्छो ‘मा पनि स्वर दिएका छन् । उनले ‘चन्द्रमाझै राम्री छौ’ बोलको गीतमा आवाज दिएका हुन् ।

यो गीत यस अगाडि शोभितकै निर्देशनमा तयार भएको चलचित्र ‘कर्णविर’को रिमिक्स भर्सन हो । गायक तथा संगीतकार ओम सुनारले यो गीतलाई रिमिक्स गरेका हुन् । निर्देशक बस्नेतले सुपरहिट भएको गीतलाई फेरि नयाँ दर्शक र श्रोतमाझ परिचित गराउन रिमिक्स गरेको बताए ।

गायक तथा नायक सलोन बस्नेतले सबैको प्रेरणा र केहि नयाँ गर्ने चाहनाका कारण आफूले गीत गाएको सुनाए । यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment