Comments Add Comment

गुर्जुधारामा ठूलो दुर्घटना, ब्रेक फेल भएको ट्रकले चार सवारी साधनलाई हान्यो

४ चैत, काठमाडौं । थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार कलंकीतर्फ आउँदै गरेको ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।

थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ । दुर्घटनामा परी आठ जना घाइते भएको बताइएको छ ।

ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो । ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको डीएसपी पंगेनीले बताए ।

ट्रकको ठक्करबाट वान टन ट्रकका चालक,  ट्याक्सी चालक र ट्याक्सीमा रहेका यात्रुसहित आठ जना घाइते भएका छन् । ट्याक्सी चालकको अवस्था गम्भीर रहेको डीएसपी पंगेनीले बताए ।

उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् भने केहीबेरअवरुद्ध भएको सवारी आवागमन सुचारु भइसकेको छ ।


तस्बिर: अनुराग अनन्त र शिवकुमार महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment