Comments Add Comment

एएफसी यु-२३ को छनौटमा नेपाल युएईसँगै समूह डी मा

४ चैत, काठमाडौं । सन् २०१८ मा चीनमा हुने एएफसी अण्डर-२३ च्यामिपयनसीपको छनौट प्रतियोगितामा नेपाल युएईसँगै समूह डी मा परेको छ ।

आज एएफसी मुख्यालयमा भएको छनौट ड्र मा नेपाल समूह डी मा परेको हो । समूह डीमा नेपालसँगै युएई, उज्वेकिस्तान र लेवनान छन् ।

समूह डी अन्तर्गतको छनौट खेल आगामी १५ देखि २३ जुलाईमा युएईमा हुनेछ । नेपालले समूहको आफ्नो पहिलो खेल युएईसँग जुलाई १९, उज्वेकिस्तानसँग जुलाई २१ र लेवनानसँग जुलाई २३ मा खेल्नेछ ।

युएई गत संस्करणको क्वार्टरफाइनललिष्ट टोली हो भने उज्वेकिस्तानले समूह चरण पार गर्न सकेको थिएन । लेवनान र नेपालले अहिलेसम्म छनौट चरणपनि पार गर्न सकेका छैनन ।

एसियाका ४० टोलीलाई पूर्वी एसिया र पश्चिम एसिया गरी दुई भागमा बिभाजन गरेर पाँच पाँच समूह बनाइएको छ । समूहको बिजेता र उत्कृष्ट ६ उपबिजेता गरी १६ टिमले अर्को बर्ष चीनमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment