Comments Add Comment

भारतबिरुद्ध अष्ट्रेलिया ४५१ रनमा समेटियो

४ चैत, काठमाडौं । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलको शतकको मदतमा भारतविरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियाले ४५१ रन बनाएको छ ।

राँचीमा ४ विकेटको क्षतिमा बनाएको २९९ रनबाट अघि खेल्न थालेको अष्ट्रेलिया ४५१ मा अलआउट भयो । म्याक्सबेल १०४ रन बनाएर आउट भए भने स्मिथ १७८ रनमा अविजित रहे ।

उसका अन्य ब्याट्सम्यानले भने उल्लेख प्रदर्शन गर्न सकेनन् । म्याथु वेड ३७ रनमा आउट भए ।

भारतका रविन्द्र जडेडाले दोस्रो दिन चारसहित ५ विकेट लिए । उमेश यादवले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment