Comments Add Comment

प्राधिकरणका मिटर घुमाउने चार कर्मचारी पुर्पक्षका लागि थुनामा

४ चैत, काठमाडौं । मिटरबक्स विगारेर विद्युत चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सुपरभाइजरसहित पक्राउ परेका १६ जनामध्ये चार जनालाई मात्रै पुर्पक्षका लागि थुनामा पठाएको हो । प्रहरीका अनुसार कर्मचारीहरु सुमन श्रेष्ठ, टहबहादुर कार्की, मनिष श्रेष्ठ र भगवान पाण्डेलाई पुर्पक्षमा पठाइएको हो ।

जिल्ला अदालतका काठमाडौंका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलाशले चार कर्मचारी र एक व्यवसायीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

व्यवसायी तपन घोषलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरु सबैलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

पक्राउ परेकामध्ये पाँच जना कर्मचारीलाई एक लाख धरौटीमा छाडिएको छ भने ७ जनालाई साधारण तारिखमा छाडिएको छ ।

प्रहरीले पक्राउ परेका कर्मचारीसहित सबै व्यापारी माथि संगठित अपराध अन्र्तगत मुद्धा चलाएको थियो । दुई करोड २७ लाख बराबरको विगो र ७ वर्ष कैद सजायको माग दावीसहित मुद्धा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment