Comments Add Comment

साउदी अरबमा ‘होली धमाका’

साउदी अरब । मिथिला एकता समाज साउदी अरबले आयोजना गरेको होली मिलन समारोह भब्यरुपमा सम्पन्न भएको छ ।

समारोहमा दूतावासका अन्य सदस्यलगायत विभिन्न संघ/संस्थाका पदाधिकारीहरुसहित दर्शकहरुको उल्लेखनीय उपस्थितिमाझ मिथिला संकृति र परम्परालाई झल्काउने किसिमका भजन तथा नाजगान भएका थिए ।

उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिँदै आपसमा विभिन्न रङ्गहरु दल्दै शुभकामना आदनप्रदान गरेका थिए ।

आयोजक कमिटीका कार्यबाहक निरज राय पट्टेलको सभापतित्व रहेको समारोहमा प्रमुख अतिथिका रुपमा नेपाली दूतावास रियादका कार्यबाहक राजदूत आनन्तप्रसाद शर्माको उपस्थित थियो ।

नेपाली जनसम्पर्क सिमितिका सभापति दिपक रेग्मी, नेपाली प्रवासी मञ्चका उपाध्यक्ष परशुराम मिश्रले समारोहमा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै नेपाली जनसम्पर्क समितिका प्रथम उपसभापति नमराज लामिछानेबाट शुभकामना तथा कविता प्रस्तुत गर्नु भएको थियो भने

कार्यक्रम संचालक मिथिला एकता समाजका सचिव श्री प्रदिप पासवनले गरेका थिए ।

केही व्यवसायी तथा रेमीटेन्स कम्पनीले समारोहको प्रायोजन गरेका थिए । सहभागीबाट उठाइएको रकमबाट खानाको समेत व्यवस्था गरिएको थियो ।

समारोहले ‘हिमाल, पाहाड र तराई जहाँको भए पनि हामी नेपाली हौं’ भन्ने सन्देश दिएको सहभागीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment