Comments Add Comment

‘समर लभ’का लागि भारतबाट आइन् ‘साया’, ‘अतित’ बन्न आशिष तयार


चर्चित लेखक सुविन भट्टराइको बहुचर्चित पुस्तक ‘समर लभ’मा आधारित रहेर चलचित्र बन्ने भएको छ । यो चलचित्रको आज औपचारिक घोषणा गरिएको छ ।
युवा पुस्तामा अत्याधिक सफल मानिएको यो पुस्तकका चर्चित पात्र ‘साया र अतित’को भूमिकामा को देखिन लागेका होलान् भन्ने खुलदुली तपाइको मनमा उब्जिएको हुनसक्छ ।

यो चलचित्रबाट ‘अतित’को भूमिकामा टीभीसी र पेपर एडमा प्रस्तुत भैसकेका मोडल आशिष पियाले डेब्यू गर्दैछन् । अतितले कार्यक्रममा आफूले शत प्रतिशत काम गर्ने बताए ।

यस्तै, ‘साया’को बोल्ड भूमिकामा ‘रेवती’ क्षेत्रीले काम गर्ने भएकी छिन् । रेवतीले थुप्रै सौन्दर्य प्रतियोगीता जितिसकेकी छिन् । सन् २०१६ की मिस यूनिभर्सिटी रेवती मिस इन्टरनेसनल भारतकी उपाधी विजेता समेत हुन् । यस्तै, उनले सन् २०१५ को ‘फेमिना मिस इन्डिया’को टप टेनमा पुगेर २ वटा टाइटल पनि जितिसकेकी छिन् ।
उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन् भने ‘खातुन’ नामक चलचित्रमा काम गर्दैछिन् । चलचित्रका बाँकी कलाकारको छनोट भैरहेको निर्माणपक्षले बताएको छ ।
रेवतीले नेपाल आफ्ना लागि मामाघर जस्तो भएको बताइन् । ‘समर लभ’ पढेपछि आफू काम गर्न अत्यन्त उत्साहित भएको उनको भनाई थियो । नाइटिंगेल इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । जसले यसअगाडि, चलचित्र ‘नाई नभन्नु ल ३’ निर्देशन गरिसकेका छन् ।

भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले यसमा लगानी गर्नेछन् । सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका छन् । पुष्पन प्रधानले यतिबेला भारतमा बसेर यसको संगीत तयार पारिरहेका छन् ।

कार्यक्रममा बोल्दै पटकथा लेखक सामिप्यराज तिमिल्सिनाले आफूहरुले पुस्तकको पात्र अनुसार चलचित्रको पात्र छनोट गर्न नसकेको स्विकार गरे । निर्देशक मुस्कान ढकालले पुस्तक पढ्ने दर्शकलाई निराश नबनाई उत्कृष्ट चलचित्र बनाउने बताए ।

यस्तै, पुस्तकका लेखक सुविन भट्टराइले आफूले पुस्तक लेख्दा नै चलचित्र हेरेजस्तो लाग्ने गरि लेखेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment