+
+

बुटवलबाट घोषणा भयो ‘गोल्छा प्यानल’, गोल्छालाई क–कसको साथ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ७ गते ०:५०


६ चैत, काठमाडौं । आगामी चैत २७ गतेबाट हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावको लागि उद्योगपती शेखर गोल्छाको प्यानलले बुटवलमा पुगेर उम्मेदवारी घोषणा गरेको छ ।

गोल्छा वरिष्ठ उपाध्यक्ष रहने गरी घोषणा गरिएको प्यानलमा दिनेश श्रेष्ठ, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल र ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी घोषणा भएको हो ।
गोल्छा युवा व्यवसायीको रुपमा चिनिन्छन् । हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक समेत रहेका गोल्छा र उनको समूहकको मातहतमा बिभिन्न कम्पनी रहेका छन् । त्यस्तै, हाल उपाध्यक्षकै रुपमा रहेका दिनेश श्रेष्ठ नेपाल स्टेशनरी एण्ड एडुकेशनल म्याटेरियल्स इण्डष्ट्रिज एशोसिएशनसँग पनि आबद्ध छन् । उनको अशोका कार्बन एण्ड अलाइड इण्डष्ट्रिज नामको कम्पनी रहेको छ । उमेश लाल श्रेष्ठको  क्वेष्ट फर्मास्युटिकल्स कम्पनी रहेको छ । उनी औधषी उत्पादक संघबाट समेत प्रतिनिघित्व गर्छन् । ढकाल भने बैंक र रेमिट्यान्स क्षेत्रमा संलग्न व्यवसायी हुन् । उनी आइमइ समूहका अध्यक्ष समेत हुन् । ज्ञानेन्द्र लाल प्रधान उर्जा व्यवसायी हुन भने उनी प्रतिष्ठित सेयर लगानीकर्ताको रुपमा समेत चिनिन्छन् ।जिल्ला नगर उपाध्यक्षको लागि दिनेश श्रेष्ठ, बस्तुगत संघ तर्फ उपाध्यक्षको लागि उमेश लाल श्रेष्ठ र ढकालले एशोसिएट तर्फ उम्मेदवारी दिएका हुन् । त्यस्तै, कोषाध्यक्षमा ज्ञानेन्द्रलालले उम्मेदवारी घोषणा गरेका छन् ।

बुटवलमा भएको कार्यक्रममा हालका अध्यक्ष पशुपति मुरारकाले सबै उम्मेदवारलाई माला लगाएर सफलताको कामना गरेका छन् । कार्यक्रममा आगामी अध्यक्षको लाइनमा रहेकी हालकी बरिष्ठ उपाध्यक्ष भवानी राणको समेत उपस्थिती रहेको छ ।

बुटवलमा पुगेर गोल्छालाई ६९भन्दा बढि जिल्ला तथा नगर उद्योग वाणिज्य संघले समर्थन दिएका छन् ।

महासंघले हालै आफ्नो विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने व्यवस्था गरेसँगै राणा अध्यक्ष हुने पक्का भएकी हुन् । यही कारण महासँघमा उपाध्यक्षको दाबेदारीको लागि तीव्र प्रतिस्पर्धा चलेको छ ।

हालै विराटनगरबाट वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले आफ्नो दावेदारी घोषणा गरेका थिए। प्रधान समुहबाट जिल्ला नगर र वस्तुगत उपाध्यक्षमा मात्र दाबेदारी घोषणा भएको छ । यी पदमा क्रमशः प्रमोद श्रेष्ठ र शंकर पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?