Comments Add Comment

घाइते पत्रकार गौतमलाई डेढ लाख सहयोग


एक साता अगाडि सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेर विर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका रंग पत्रकार निमेष गौतमलाई करिब डेढ लाख सहयोग रकम हस्तान्तरण गरिएको छ ।

चलचित्र पत्रकार संघ, नेपालका सदस्य समेत रहेका निमेषलाई संघको पहलमा संकलन भएको १ लाख ४६ हजार रुपैयाँ सहयोग गरिएको हो । संघका अध्यक्ष सन्दिप सापकोटा सहितका पदाधिकारीहरुले वीर अस्पतालको ट्रमा सेन्टर पुगेर गौतमलाई रकम हस्तान्तरण गरेका हुन् ।

गौतमलाई कलाकार तथा गीतकार सरोज ओलीले ५० हजार, कलाकार लक्ष्मी गिरीले १६ हजार, कलाकार तथा निर्माता कुशल थापाले १० हजार, निर्माता सुशिल पोखरेलले १० हजार, निर्देशक शोभित बस्नेतले १० हजार, निर्देशक सौरभ ढकालले १० हजार, प्रसिद्धी सिने आर्टस्का तर्फबाट निर्माता देविप्रसाद पाण्डे र निर्देशक मधुसुदन भट्टराइले १० हजार, पत्रकारद्धय मनोज श्रेष्ठ र कुमार आचार्यले १०-१० हजार, हाँस्य कलाकार उत्तम केसीले ५ हजार, संगीतकार टंक बुढाथोकीले ५ हजार सहयोग संघको पहलमा सहयोग गरेको अध्यक्ष सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

फागुन २८ गते राती सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेको अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उनको आपतकालीन शल्यक्रिया गरिएको थियो । त्यसक्रममा डा. राजीव झाको टोलीले करिव तीन घण्टा लगाएर गहन शल्यक्रिया पश्चात पत्रकार गौतमको टाउकोमा जमेको रगत निकाल्न सफल भएका थिए ।

शल्यक्रियापछि करिव चार दिन आइ.सि.यू.मा राखेपछि गत चैत १ गतेदेखि उनलाई जेनरल वार्डमा सारिएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार, पत्रकार गौतमलाई केहि दिनमै डिस्चार्ज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment