Comments Add Comment

आठ महिनामा ६० प्रतिशत मात्रै मुद्दा फर्छ्यौट

सम्बन्धविच्छेदका मुद्दा धेरै, मिलापत्र प्रभावकारी भएन

९ चैत, मोरङ । मोरङ जिल्ला अदालतले चालू आर्थिक वर्षको ८ महिनामा कुल मुद्दामध्ये ६० प्रतिशत फर्छ्यौट भएको छ । यो अवधिमा अदालतले कुल पाँच हजार एक सय चार मुद्दामध्ये दुई हजार पाँच सय ६८ मुद्दा फर्छ्यौट भएको जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोख्रेलले जानकारी दिए ।

अदालतले बुधबार बिहान गरेको पत्रकार सम्मेलनमा अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका दुई हजार दुई सय ८१ सहित अदालतमा मुद्दाको संख्या पाँच हजार भन्दा बढी भएको तबाइएको हो ।

जिल्ला न्यायाधीश पोख्रेलले न्याय सम्पादनलाई छिटो र छरितो बनाउन पञ्चवर्षीय रणनीतिक योजना बनाए पनि विविध कारणले आशातीत प्रगति भने गर्न नसकेको बताए । न्याय सम्पादनलाई छरितो बनाउनकै लागि यो वर्ष तीन वटा इजलाश थपेर नौ वटा बनाइएको छ ।

महिला पक्षका मुद्दा धेरै

जिल्ला अदालत मोरङमा महिलासम्वद्ध मुद्दा अधिक देखिएको छ । सम्वन्ध विच्छेद, नाता कायम, घरेलू हिंसा, मानव वेचविखन तथा ओसारपसार, जबरजस्ती करणी र वोक्सीको आरोपलगायतका मुद्दाको संख्या उच्च रहेको न्यायाधीश पोख्रेलले जानकारी दिए ।

अदालतका श्रेतेदार नावराज दुलालका अनुसार महिलासम्वद्ध मुद्दा एक हजार एक सय ७४ दर्ता भएको थियो । आर्थिक वर्ष ०७३/७४को साउनदेखि फगुन मसान्तसम्म कुल दुई हजार आठ सय २३ मुद्दा दर्ता भएका छन् ।

जसमा महिला प्रतिवादी भएका ६ सय ३३ र महिला पक्षका ५ सय ४१ मुद्दा छन् ।

सम्बन्धविच्छेदका मात्रै सात सय ८३ मुद्दा दर्ता भएका थिए । जसमा ५ सय ८४ वटा फर्छ्यौट भएको छ । त्यसैगरी नाता कायमका २ सय ७, जवरजस्ती करणीका १ सय ९ वटा मुद्दा छन् । घरेलु हिंसा ३९, मानव वेचविखन तथा ओसारपसार १० र वोक्सी आरोपका एक वटा रहेका छन् ।

सजायः कैद र जरिवना न्यून

जिल्ला अदालत मोरङमा विभिन्न फैसलामा गरेर ३ हजार ५ सय ५० वर्ष १० महिना १६ दिन कैद असुल गर्न बाँकी देखिएको छ । कुल ४ हजार ७ सय २ वर्ष ७ महिना १७ दिनमध्ये चालू आर्थिक वर्षमा १ हजार १ सय ५१ सय ५१ वर्ष ९ महिना १ दिन कैद असुल भएको छ । यस्तै कुल १६ करोड १८ लाख ६१ हजार ९ सय ७० रुपैयाँमध्ये १ करोड ३४ लाख ७४ हजार १ सय ७ रुपैयाँ जरिवाना असुल भएको छ । असुल हुन बाँकी जरिवाना १४ करोड ८३ लाख ८७ हजार ९ सय ९३ रुपैयाँ छ ।

मिलापत्र प्रभावकारी भएन

अदालतमा परेको मुद्दालाई दुवै पक्षको सहमतिमा मिलाउने प्रयासस्वरुप निर्माण गरिएको डेक्समा प्रगति न्यून देखिएको छ । अदालत प्रशासनका अनुसार चालू आर्थिक वर्षमा विभिन्न ७ सय ८७ वटा मुद्दा पठाइएकोमा १ सय १ वटा मात्र मिलापत्रवाट टुंगिएको छ । कुल ६ सय ३४ मुद्दा अहिले पनि मिलापत्र हुन नसकी फिर्ता आएको छ ।

जसमा हाल ५२ वटा मुद्दा मिलापत्रको प्रकृयामा रहेको वताइएको छ । मिलापत्र गराउनका लागि मोरङ अदालतमा ३० जना मेलमिलापकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment