Comments Add Comment

नेपाल-भारत मैत्री संघ कैलाली शाखाको अध्यक्षमा ठाकुर निर्विरोध

९ चैत, कैलाली । नेपाल भारत मैत्री संघ जिल्ला शाखा कैलालीको बुधबार भएको तेस्रो जिल्ला मैत्री सभाबाट अध्यक्षमा हरिशंकर ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

एक सय ७२ साधारण सदस्यहरु रहेको जिल्ला शाखा कैलालीको अन्य निर्विरोध सदस्यहरुमा सकुन्तला प्रसाई, श्याम सापकोटा, गणेश बहादुर खड्का, श्याम कुमार महरा, मुकेश कुमार गुप्ता, सुभाष अग्रवाल, प्रदिप कुमार वैद्य, प्रेम प्रसाद भट्ट, श्यामसुन्दर तायल र विजयराज पन्त विजयी भएका छन् ।

कुल २१ सदस्सीय संख्या रहने जिल्ला शाखामा बाँकी सदस्यहरु पछि चयन गरिने निर्वाचित अध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment