Comments Add Comment

कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः बिजय गच्छदार

९ चैत, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् ।
उनले यदि आफूले कांग्रेसभित्र सम्मानजनक स्थिति बने नेपाली कांग्रेससँग पार्टी एकीकरणको सम्भावना भने जीवितै रहेको खुलासा गरे ।फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो’

उनले स्थानीय तहको निर्वाचन अघि नेपाली कांग्रेससँग एकीकरणको अवस्था नभएको पनि प्रष्ट पारे । तर प्रदेश र केन्द्रीय निर्वाचनका लागि भने समीकरण बन्न सक्ने उनले जानकारी दिए ।

एक अर्को प्रसंगमा पूर्व उपप्रधानमंत्रीसमेत रहेका गच्छेदारले आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्न संविधान कार्यान्वयन पहिलो प्राथमिकता भएको र यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

अहिले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अनिवार्य शर्त भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन अपरिहार्य भएकाले स्थानीय निर्वाचनलाई उपयोग गर्नुपर्ने बताए ।

मधेसी मोर्चा र असन्तुष्ट पक्षहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन पनि गच्छदारले पनि सरकारलाई आग्रह गरे । सरकारले प्रस्तुत गरेकेा संविधान संसोधन विधेयक परिमार्जित गरेर पारित भए मात्र निर्वाचनको वातावरण बन्न सक्ने उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment