+
+
Shares

निर्वाचन आयोगविरुद्ध विवेकशील नेपाली सर्वाेच्चमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १६:५४

१३ चैत, काठमाडौं । विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वाेच्चमा रिट दायर गरेको छ । आवश्यक विधि प्रक्रिया पूरा गर्दासमेत दल दर्ता गर्न अस्वीकार गरेको भन्दै विवेकशील नेपाली सर्वाेच्च पुगेको हो ।

विवेकशील साझा पार्टीबाट फुटेपछि विवेकशील नेपालीले दल दर्ताका लागि गत पुस २७ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले फागुन २८ गते दल दर्ता हुन नसक्ने निर्णय गरेको थियो । विभाजनका लागि आवश्यक संख्या नपुगेको भन्दै आयोगले नयाँ दल दर्ता हुन नसक्ने बताएको छ ।

विवेकशील नेपालीले भने सबै प्रक्रिया पुगेको भन्दै आयोगको निर्णय अन्यायपूर्ण र कानून विपरीत भएकोले निर्णय सच्याउन सर्वाेच्चमा रिट हालेको बताएको छ ।

एकीकृत पार्टीमा जम्मा ३७  केन्द्रीय सदस्य रहेको र त्यसमध्ये १६ जना (४० प्रतिशत बढी) विवेकशीलमा रहेको दावीसहित विवेकशील नेपाली निर्वाचन आयोगमा पुगेको थियो । आयोगले भने एकीकृत पार्टीको संख्या ३७ नभएको दावी गर्दै दल विभाजनका लागि संख्या नपुगेको तर्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?