Comments Add Comment

मोरङ दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्यो

१० चैत, विराटनगर । बुधबार मोरङमा सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीका अनुसार दुर्घटनामा लेटाङका देवेन्द्र लिम्बु, तिलक लिम्बु, रुपन्देही शंखरनगरका पुरुषोत्तम सुवेदी र टीका सुवेदीको मुत्यु भएको हो ।

देवेन्द्र र तिलक मोटर साइकलमा सवार थिए भने पुरुषोत्तम र टीका बसमा सवार थिए ।

झापाबाट बुटवलतर्फ जाँदै गरेको ना५ख ५३८७ नम्बरका यात्रुबस र विपरीत दिशाबाट आउँदै गरेको गरेको मे४प ८६११ नम्बरको मोटरसाईकल आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका २१ जनाको झापा, विराटनगर र धरानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment