Comments Add Comment

बेंग्लोरद्वारा दिल्लीलाई मध्यम लक्ष्य, रबडाले लिए चार विकेट

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरद्वारा दिल्ली क्यापिटल्सलाई मध्यम लक्ष्य पेश गरेको छ । घरेलु टोली बैंग्लोरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ किवेटको क्षतिमा १४९ रन बनाएपछि दिल्लीले १५० रनको चुनौती पाएको हो ।

दिल्लीका लागि कागिसो रबडाले उत्कृष्ट बलिङ गरेपछि  बेंग्लोर सस्तैमा समेटिएको हो । बैंग्लोरका लागि कप्तान विराट कोहलीले ४१ र मोइन अलीले ३२ रन बनाए ।

१६ रन हुँदा पहिलो विकेटको रुपमा पार्थिव पटेललाई गुमाएको बेंग्लोरले ४० रन हुँदा एबी डिभिलियर्सलाई १७ रनमा गुमाएको थियो । तर, मोइन अली र विराट कोहलीले ३७ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोशिस गरेका थिए ।

बलिङतर्फ रबडाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले २१ रन खर्चिएका थिए । त्यस्तै, क्रिस मोरिसले पनि दुई विकेछ लिए । यता, नेपालका सन्दीप लामिछानेले भने महंगो सावित हुँदै एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment