Comments Add Comment

सन्दीप बैंग्लोरविरुद्ध महंगो सावित

२४ चैत, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा भने महंगो सावित भएको छ ।

दिल्ली क्यापिटल्सका लागि एक विकेट दिलाए पनि सन्दीप महंगो सावित भए । सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर एक विकेट लिए ।

आफ्नो पहिलो ओभरमै महंगो सावित भएका सन्दीपले १० रन खर्चिएका थिए । तर, दोस्रो ओभरमा भने उनले मात्र ६ रन खर्चिए ।  तेस्रो ओभरमा एक विकेटको रुपमा मोइन अलीलाई आउट गराए पनि उनले ११ रन खर्चिएका थिए । सन्दीपले आफ्नो अन्तिम ओभरमा भने १९ रन खर्चिए ।

सन्दीपले अलीलाई आउट गरेसँगै टीट्वान्टीमा ५० विकेट पूरा गरे । उनले ४० खेलमा ५० विकेट पूरा गरेका हुन् । सन्दीपले जारी आईपीएलमा भने पाँच विकेट पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment