Comments Add Comment

टी-ट्वान्टीमा सन्दीपले लिए ५० औं विकेट

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् ।

यो सँगै उनले टी ट्वान्टी करिअरमा आफ्नो ५० औं विकेट पूरा गरेका छन् । उनले ४० खेलबाट ५० विकेट लिएका हुन् ।

दिल्लीका लागि सन्दीपले चौथो विकेटको रुपमा रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीलाई आउट गराएका हुन् ।

सन्दीपले अलीलाई ३२ रनमा आउट गराए । सन्दीपले तीन ओभर बलिङ गर्दै २७ रन खर्चिएर एक विकेट हात पारेका छन् । उनको अन्तिम ओभर बाँकी छ ।

बैंग्लोरले १५ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०८ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment