Comments Add Comment

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

२४ चैत, काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण परिषदलगायतका राजनीतिक दल तथा संघ, संगठन सहभागी थिए ।

प्रदर्शनका सहभागीले नागरिकता विधेयक खारेज गर्नुपर्ने, उच्च स्तरीय नागरिकता छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment