Comments Add Comment

एमालेले मुलुकमा अतिवाद निम्त्यायोः प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

१३ चैत, बुटवल । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले मुलुकमा एमालेले अतिवाद निम्त्याएको आरोप लगाएका छन् । राष्ट्रियताका नाममा एमाले अतिवादी भएको टिप्पणी गर्दै उनले अतिवादले कसैलाई पनि फाइदा नहुने तर्क गरे ।

माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाको प्रथम नगर सम्मलेनको उद्घाटन समारोहमा बोल्दै उनले संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुको विकल्प नभएको बताए । राज्य पुनर्संरचनाको सिलसिलामा स्थानीय चुनाव ज्यादै महत्वपूर्ण रहेको भन्दै उनले मुलुकमा एजेण्डाको हिसाबले माओवादी केन्द्र नै पहिलो पार्टी भएको दाबी गरे ।

माओवादी केन्द्रका कार्यालय सदस्य समेत रहेका खनालले संविधानले स्थानीय तहलाई दिएको अधिकार नागरिकले थाहा पाउन आवश्यक भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment