+
+
Shares

बारा-पर्साको आँधीमा मृत्यु हुनेको संख्या २८ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १५:२४

१९ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको आँधी-हुरीमा परेर मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ । मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएको हो ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालका अनुसार मृत्यु हुनेमा फेटा गाउँपालिकाका ६ वर्षीय खयाग आलम छन् । यसअघि घटनामा बारा २६ र पर्सामा १ जना गरी २७ जनाको मृत्यु भएको विवरणसहित गृहमन्त्रालयले नामावली सार्वजनिक गरेको थियो ।

घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । अन्य घाइतेको बारा र पर्सास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?